टेलिकमको जिएसएम मोबाइल नम्बर अब ९७ बाट सुरू

टेलिकमको जिएसएम मोबाइल नम्बर अब ९७ बाट सुरू

काठमाडौं । नेपाल टेलिकमका मोबाइलको नम्बर नयाँ अंकबाट सुरू भएको छ। टेलिकमले आफ्नो जिएसएम ९ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन० मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको हो।

पहिले यो नम्बर ९८ अंकबाट सुरू भइरहेको थियो। अहिले सिडिएमएको जस्तै ९७ बाट सुरू भएको टेलिकमका प्रवक्ता राजीव जोशीले जानकारी दिए। उनका अनुसार अहिले ९७६ को नम्बर श्रृंखला प्रयोग गर्न थालिएको छ। अंक योजनाका आधारमा ९७४, ९७५ र ९७६ मध्ये ९७६ वितरण हुनेछ ।

प्रकाशित मिति:     २ मंसिर २०७८, बिहीबार  |    Himali Khabar