खल्तीको सीइओमा विनय खड्का नियुक्त

खल्तीको सीइओमा विनय खड्का नियुक्त

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन खड्का यसअघि एनआईसी एसिया बैंकमा डिजिटल मार्केटिङ प्रमुख थिए ।

खल्तीले खड्कालाई बिहीबार सीइओका रुपमा नियुक्त गरेको हो ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । खल्तीको प्रयोग गरी ६० भान्दा बढि बैंकमा पैसा पठाउन सकिने छ साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या २० लाखभन्दा बढि छन् ।

प्रकाशित मिति:     २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar