गौतमबुद्ध विमानस्थललाई क्यालिब्रेसन फ्लाइट गर्ने अनुमति

गौतमबुद्ध विमानस्थललाई क्यालिब्रेसन फ्लाइट गर्ने अनुमति

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ। नेपाल नागरिक उड्‍डयन प्राधिकरणले पूर्वसम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेसन फ्लाइट गर्न अनुमति दिएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेसन फ्लाइटका लागि तयारी अवस्थामा छ। क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो। यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ।

एरो थाइले क्लालिब्रेसन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ।

प्रकाशित मिति:     २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar