ललितपुर । पाटनको मंगलबजारमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ६५ वर्षका घरधनी लक्ष्मीकृष्ण ताम्राकार, ३५ वर्षका बुहारी रचना ताम्राकार, ३५ वर्षकै छोरी अञ्जना ताम्राकार, र १० वर्षका बालक नाती निर्जल ताम्राकार रहेका छन् ।