बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

काठमाडौं । बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड पाएको छ। कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको हाे।

विश्वचर्चित वन्डरलस्ट म्यागजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो । आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो। यो अवार्डका लागि नोमिनेशन भएका नौंवटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो ।

प्रकाशित मिति:     १८ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar