‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान अझै अनिश्चित

‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान अझै अनिश्चित

काठमाडौं । ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान नेपालीहरूका लागि अझै बाटो खुलेको छैन। कोरोना संक्रमणका कारण बन्द रहेको ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया प्रवेश प्रक्रिया अझै नटुंगिएको हो।

तर, नोभेम्बर १ देखि अस्ट्रेलियाले मान्यता दिएको कोरोना खोपको डोज पूरा गरेका आफ्ना नागरिक र त्यहाँको स्थायी आवाशीय (पीआर) भिसा लिएकाहरूलाई विदेश आउन र जान बाटो भने खुलाइएको छ। भिसा लगाएर बसेका वा त्यहाँ पढ्दै गरेर आ–आफ्नो मुलुक गएर कोरोनाको कारण फर्किन नपाएका विद्यार्थीहरूबारे भने अझै कुनै ठोस निर्णय हुन सकेको छैन।

अष्ट्रेलियाको सरकारी तथ्याङ्कनुसार पनि यहाँको भिसा लागेका तर आउन नसकेको ६० हजार भन्दा बढी छन्। अन्तराष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलियाको बोर्डर र सबै उडानहरु सामान्य रुपमा खोल्ने दिन पर्खेर बसेका छन् ।

प्रकाशित मिति:     १७ कार्तिक २०७८, बुधबार  |    Himali Khabar