लाङटाङमा बढ्यो पर्यटकको चहलपहल

लाङटाङमा बढ्यो पर्यटकको चहलपहल

रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ । गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन सुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो ।

दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २ सयको हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताए ।

प्रकाशित मिति:     १५ कार्तिक २०७८, सोमबार  |    Himali Khabar