विमानस्थल जलमग्न हुदा काठमाडौं–विराटनगरका सबै उडान रद्ध

विमानस्थल जलमग्न हुदा काठमाडौं–विराटनगरका सबै उडान रद्ध

काठमाडौं । बुद्ध र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा यात्रुहरु समस्यामा परेका छन् । वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

त्यसैले बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका छन् ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु रद्द भएका थिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो ।

प्रकाशित मिति:     ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar