फोर्ब्सको प्रभावशाली कलाकारको पहिलो स्थानमा रश्मिका

फोर्ब्सको प्रभावशाली कलाकारको पहिलो स्थानमा रश्मिका

भारत । ‘नेसनल क्रस’को उपमा पाएकी रश्मिका मन्दानले आफ्नो खातामा नयाँ उपाधि थपेकी छिन् । रश्मिका आफ्नै सहकर्मीलाई पछि पार्दै फोर्ब्सको प्रभावशाली कलाकारको सूचीमा पहिलो बन्न सफल भएकी हुन् । पहिलो बन्न उनले विजय देवराकोन्डा, सामान्था रुथप्रभु र कन्नड स्टार यशलाई पछि पारेकी हुन् ।

फोर्ब्सले सामाजिक सञ्जालमा कुनै पनि कलाकारले पाएको लाइक, कमेन्ट, इंगेजमेन्ट, भिडियो भ्युज आदिका आधारमा यो सूची जारी गरेको हो । रश्मिकाले यी सबै विधामा बाँकी कलाकारलाई उछिनेकी हुन् । सामाजिक सञ्जालमार्फत कुनै पनि कलाकारले पारेको प्रभावलाई ‘क्युरोज स्कोर’मा अधिकतम १० अंकलाई आधार मानेर तयार गरिएको हो ।

यसरी निकालिएको औसतमा रश्मिकाले ९.८८ अंक प्राप्त गरेकी हुन् भने उनीभन्दा थोरै कम विजय देवराकोन्डाले प्राप्त गरेका हुन् । उनले ९.६७ अंक पाएका थिए । त्यसैगरी ‘केजीएफ’ स्टार यशले ९.५४ अंक प्राप्त गरेका छन् ।

प्रकाशित मिति:     २ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar