मनोज गजुरेलले मन्जु पोखरेलसँग गरे बिहे (फोटो सहित)

मनोज गजुरेलले मन्जु पोखरेलसँग गरे बिहे (फोटो सहित)

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्।

पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्। गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।

मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेको र त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन्। उनीहरूले विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएर विवाह सम्पन्न गरेको बताए।

प्रकाशित मिति:     २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar