मन्त्री हमालले दिए राजीनामा

मन्त्री हमालले दिए राजीनामा

काठमाडौं । दुई दिनअघि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिएका हुन् । हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए ।

आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

प्रकाशित मिति:     २४ आश्विन २०७८, आईतवार  |    Himali Khabar