बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो

बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो

काठमाडौं । बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ ।

बेलायतले उक्त सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ । कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश सूचीबाट हटेका छन् ।

प्रकाशित मिति:     २२ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar