माओवदीले टूग्यो मन्त्री बन्नेको नाम, श्रेष्ठ, पौडेल र गहतराज मन्त्री बन्दै

माओवदीले टूग्यो मन्त्री बन्नेको नाम, श्रेष्ठ, पौडेल र गहतराज मन्त्री बन्दै

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय बुधबार गरेको थियो।

माओवादीको भागमा ५ मन्त्रालय परेको छ। यसअगाडि अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन्।

माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ। राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने माओवादीको तयारी छ।

प्रकाशित मिति:     २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar