पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।

यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन । बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

प्रकाशित मिति:     २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar