पूर्वयुवराज पारस शाहको निवासमा चोरी

पूर्वयुवराज पारस शाहको निवासमा चोरी

पोखरा । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । गौतम शाहको निवासका कामदार हुन् ।

निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ ।

प्रकाशित मिति:     १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar