यो पटक मनसुन अझै सक्रिय

यो पटक मनसुन अझै सक्रिय

काठमाडौं । यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन बाहिरिएको छैन । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेको छ ।

अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको होे । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ ।

प्रकाशित मिति:     १७ आश्विन २०७८, आईतवार  |    Himali Khabar