पसलैपिच्छे तरकारीको फरक मूल्य, उपभोक्ता मारमा

पसलैपिच्छे तरकारीको फरक मूल्य, उपभोक्ता मारमा

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तु हरियो तरकारी, दाल, चिनी, तेललगायतका वस्तुको मूल्यवृद्धि अकाशिएको उपभोक्ताको गुनासो छ । उत्पादन कम भई बजारमा आउन नसक्दा हरियो तरकरीसँगै अन्य सामानको मूल्य व्यापारीले मनपरी बढाएको पाइएको छ ।

तरकारीको मूल्य प्रतिकेजी १० रुपैयाँदेखि ५० रुपैयाँसम्म बढेको उपभोक्ताको गुनासो छ । अहिले बजारमा सबैभन्दा बढी लौका, परवल, गोलभेंडा, काउली, प्याज, काँक्रो, सागको मूल्य अकाशिएको देखिएको छ । महिना दिनअघि प्रतिकेजी ५० रुपैयाँ हाराहारीमा रहेको तरकारीको मूल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँसम्म पुगेको छ । बजारमा अधिकांश तरकारीको मूल्य प्रतिकिलो ५० देखि सय रुपियाँ र काउली त्योभन्दा महँगो भएर एक सय ५० देखि एक सय ७० रुपैयाँसम्म पुगेको छ ।

उत्पादनमा कमी आउँदा बजारमा तरकारीको मूल्य अकाशिएको व्यापारीहरुले बताएका छन् । मूल्य बढेकाे मात्र छैन, बढेकाे मूल्य पनि पसलैपिच्छे फरकफरक रहेको भन्दै उपभोक्ताले सरकारले बजार अनुगमनलाई तीब्र पारेर राहत दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति:     १७ आश्विन २०७८, आईतवार  |    Himali Khabar