लामो तथा मझौता दूरीका सवारीको अग्रिम टिकट बुकिङ खुला

लामो तथा मझौता दूरीका सवारीको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट बुकिङको क्रममा यात्रुहरुलाई ठग्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने समूह पनि सक्रिय हुन्छ । त्यसैले आफू जाने गन्तव्यको लागि सरकारले तोकिदिएको भाडा कति हो भनेर जानिराख्नु राम्रो हुन्छ ।

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा हेल्प डेस्क राखिएको छ । नयाँ बसपार्क, माछापोखरी, स्वयंभू, कलंकी, नागढुंगा, बल्खु, दक्षिणकाली, सातदोबाटो, कोटेश्वर, जगाती, चाबहिल, गौशाला, सुन्धारा र पुरानो बसपार्कमा हेल्पडेस्कहरु छन् ।

प्रकाशित मिति:     ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar