भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोप लगाए

भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं, १७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड १९ बाट मुक्त बनाऔं ।’ मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड(१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar