भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ ।

बुधबारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएका थिए । ती बिहीबार भने त्यो सङ्ख्या बढेर ३० हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख ४७ हजार ३२५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतको केरलामा मात्रै १७ हजार ६८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम भएको ८१ दिन भएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ४२ हजार ९२३ रहेको छ ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar