एक साताभित्र ४४ लाख डोज ‘भेरोसेल खोप’ नेपाल आउँदै

एक साताभित्र ४४ लाख डोज ‘भेरोसेल खोप’ नेपाल आउँदै

काठमाडौं । सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ । व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज भदौ ३१ गते सम्म ल्याउने तयारी भएको जानकारी दिए ।

६० लाख मध्ये १६ लाख डोज खोप भदौ ५ र ६ गते ल्याईएको थियो । खोप भण्डार गर्ने क्षमता विस्तार भएका कारण एकै पटक ४४ लाख डोज ल्याउने निर्णय गरिएको शाखा प्रमुख ढुंगानाले बताए ।

सरकारले चीनसँग ७४ लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । नेपालमा हाल सम्म १७ प्रतिशत व्यक्तिले भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १९ प्रतिशतले पहिलो डोज पुरा गरेका छन् ।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar