फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप फाइजरलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको विभागले जनाएको छ ।

महानिर्देशक नारायणप्रसाद ढकालले फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिइएको बताए । सरकारले १२ बर्ष माथिका बालबालिकालाई लगाउन ६० लाख डोज फाइजर खोप खरिदको तयारी गरेको छ । कोभ्याक्स सुविधाबाट यो खोप नेपालले प्राप्त गर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका थिए ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar