काठमाडौं । होटेल पवेराले आन्तरिक पर्यटकहरुलाई लक्षित गरी अतिरिक्त सुविधा सहितको आकर्षक प्याकेज ल्याएको छ । पवेरा परम्परागत नेपाली पहिचान मौलीकताका साथै मनोरम दृश्य, सुन्दर शान्त र आनन्ददायी वातावरणका साथ अत्याआधुनिक सुविधा सहितको चार तारे बुटिक होटेल हो ।

होटलले आफ्ना पाहुनाहरुका लागि ओइलकम डिङ्गस्र, अन्तर्राष्ट्रिय ग्रिल परिकार र रोष्ट बारबेक्यू त्यसैगरी राष्ट्रिय बारबेक्यू, सेकुवा, छोइला र स्वादिष्ट मः म लगायतका परिकारको व्यवस्था गरेको छ भने बुफे डिनरका साथमा भारतका प्रसिद्ध मिठाईका परिकारहरुको व्यवस्था गरेको छ । यस्तै होटलले यसैसाता देखि आफ्ना प्याकेजहरुमा २५ सय रुपैयाँको सुइमिङ्गपूलको प्रयोगमा शुक्रवार बिहानको समयमा ब्रेकफास्ट र साँझ ६ बजे देखि ९ बजे सम्मका लागि क्यान बियर र असिमिति बारवेक्यूको व्यवस्था गरेको संचालक राधेश्याम थापाले जानकारी दिए ।

थापाले भने –‘यो केवल हाम्रो नयाँ होटल व्यवसाय मात्र होइन सम्पूर्ण होटल र पर्यटन व्यवसायमा नै नयाँ आयाम हो । यो बुटिक होटेलले पर्यटन बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र अत्याधुनिक बनाएको छ भने अर्को तर्फ यसलेहाम्रो उत्कृष्टतालाई कायम राख्दै आफ्ना ग्राहकप्रतिको अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गर्ने छ ।’

होटलका बिशेषताहरु
सर्वोत्कृष्ट बनावट
यो होटेलको बाहिरी आवरण जति आकर्षक छ, भित्री पनि त्यतीनै आकर्षक छ रोयल लुक्सका सामग्री, स्थानीय उत्पादनका सामग्री, हस्तकला र अत्याआधुनिक सुविधा युक्त वाथटप, माथिल्लो तलामा सुुइमिङ्ग पुल, जिम खाना, आकर्षक मनोरम दृश्य सहित बनेको आकर्षक मौलीक होटल हो ।
अतुलनीय आराम÷आकर्षक भित्री बनावट
नयाँ सामग्री र परम्परागत र कलात्मक सजावाटका कारण होटलमा छुटै आन्नद महसुस गर्न सकिन्छ । छतवाट देखिने शिवपुरी जंगल, गुम्वा, तारेभिर र धार्मिक स्थल बुढानिलकण्ठ मन्दिरका कारण र विभिन्न भञ्ज्याङ्गको भ्यूले यसको सुन्दरतामा अझै रौनकता थपिदिएको छ। स्वच्छ र प्रकृतिको काखमा अवस्थित हुनाले यहाँको मौसम झनै स्वच्छ र आन्नदमय छ ।

सर्वोत्कृष्ट सुरक्षा
बुढानिलकण्ठमा अवस्थित र नजिकै अतिआवश्यक सुविद्या, प्रहरी विट, अस्पताल भएकाले होटेल पूर्ण तया सुरक्षित स्थानमा रहेको छ । होटलमा अटोलक सिस्टक चिप्सलक, स्टिम र प्रत्येक ठाउँमा सिसि क्यामेराको निगरानी भएकाले पूर्णरुपमा होटल सुरक्षित छ । होटलको पहिलो प्राथमिकता नै सुरक्षा हो । यसै कुरालाई मध्यनजर राख्दै होटलले विभिन्न नयाँ प्रविधीको प्रयोग गरेको छ र त्यस्को प्रयोगबाट होटेल अत्यन्त सुरक्षित छ ।
