काठमाडौं । शरद आयमा हिमाल आरोहण लागि अहिलेसम्म ९८ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार आरोहणका लागि अनुमति लिएका मध्ये १८ जना महिला आरोही छन् भने ८० जना पुरुष आरोही छन । अहिलेसम्म १० टोलीले आरोहणका लागि अनुमति लिएका छन ।
यो अनुमतिबाट १ करोड रुपैयाँ बढी रोयल्टी संकलन भएको छ ।