काठमाडौं। कोभिडका कारण मुलुकभित्र संचालनमा रहेका हवाई कम्पनीले २५ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २०७६ चैतदेखि २०७८ असारसम्ममा नेपालका हवाई कम्पनीले यति धेरै आम्दानी गुमाएका हुन ।
कोभिडको पहिलो र दोस्रो लहरमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो। हवाई कम्पनीले आम्दानी गुमाउँदा प्राधिकरणको आय समेत १२ अर्बले खुम्चिएको छ।प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमले करीव सात अर्ब रुपैयाँ, हिमालय एयरलाइन्सले करीब तीन अर्ब रुपैयाँ र आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले करीव १५ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन्।
कोभिड-१९का कारण एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय तर्फ ७४ र आन्तरिक तर्फ ५० प्रतिशतले हवाई यात्रु घटेको छ।