काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउण्डेड बोइङ ७५७ गण्डकी बिक्री भएको छ। यो जहाज अमेरिकी कम्पनी सीएफडीएसले खरिद गरेको हो। कम्पनीले ६८ करोड रुपैयाँमा बोइङ किनेको बताइएको छ।
निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले बोइङ बिक्रीको टुंगो लागिसकेको बताए। जहाज खरिदमा तीन अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएका थिए। अमेरिकाका एभियोन र एमके एभिएसनलाई उछिन्दै सीएफडीएसले बोइङ किनेको हो।
सन् १९८८ मा बनेको उक्त जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान भरेको छ ।