काठमाडौं । पानी परेका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको छ । सोमबार विहानै देखिको बर्षासँगै मौसममा खरावी हुदाँ भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका कार्यालयका अनुसार जहाज सुरक्षित अवतरण हुन पाँच किलोमिटर भिजिवलिटी आवश्यक पर्छ तर विहानैदेखि तीन देखि चार किलोमिटर मात्र भिजिवलिटी रहेको छ । सोमबार विमानस्थलले १२ वटा काठमाडौं अवतरण हुने र ११ वटा वाहिरी उड्ने गरी २३ वटा अन्तराष्ट्रिय उडान गर्ने अनुमती दिएको छ भने ९९ वटा अवतरण र १०० वटा वाहिरी उडान भर्ने गरी जम्मा १९९ वटा आन्तरिक उडान गर्ने गरी अनुमति दिएको छ ।