मनसुन अझै केही दिन सक्रिय हुने

मनसुन अझै केही दिन सक्रिय हुने

काठमाडौं । मनसुन अझै केही दिन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए ।

उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति:     ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar