बुद्ध एयरले भदौ १६ बाट पोखरा-सिमरा सिधा उडान थाल्दै

बुद्ध एयरले भदौ १६ बाट पोखरा-सिमरा सिधा उडान थाल्दै

काठमाडौं। बुद्ध एयरले काठमाडौंबाहिर पोखरालाई केन्द्र बनाएर थालेको प्रादेशिक उडानमा नयाँ गन्तव्य विस्तार गर्ने भएको छ।

केही साताअघि पश्चिम नेपालको नेपालगञ्जलाई पोखरासँग सिधा उडानबाट जोडेको बुद्धले पोखराबाट पर्साको सिमराको पनि सिधा उडान थालेको जानकारी दिएको छ। काठमाडौंलाई केन्द्र बनाएर उडान गर्दै आएका निजी आन्तरिक वायुसेवा कम्पनीमध्ये उपत्यका बाहिरबाट प्रादेशिक गन्तव्यमा उडान सेवा विस्तार गरेको बुद्ध पहिलो कम्पनी हो। यसले देशका विभिन्न प्रदेशहरुसँग काठमाडौंबाहिरका गन्तव्यबाट हवाई सम्पर्क स्थापना गर्ने योजना अनुरुप अघि बढेको बताएको छ।

यसअघि बुद्धले पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तारबाट जोडेको थियो।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar