पोखरा । पोखराका पर्यटन व्यवसायी तथा मजदुरलाई बिहीबारदेखि खोप लगाउन शुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड, पोखरा परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले व्यवसायी र मजदुरलाई ‘खोप कार्ड’ हस्तान्तरण गर्दै अभियान शुरु गरेका हुन्।
पहिलो चरणमा पोखराका क्रियाशील पर्यटन व्यवसायी र मजदुरका लागि मात्र खोप अभियान सुरु गरिएको हो । बाँकी जिल्लाका व्यवसायी र मजदुरलाई भने केही दिनपछि अभियान शुरु गरिने छ ।
पोखराका पर्यटन व्यवसायीले आफूहरुले खोप नपाउँदासम्म व्यवसाय नै नखोल्ने अडान राख्दै आएका थिए ।