कोरोनाबाट मृत्युहुनेको संख्या ४२ लाख ४७ हजार ९६०

कोरोनाबाट मृत्युहुनेको संख्या ४२ लाख ४७ हजार ९६०

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वमा थप ७ लाख ५८१ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ४२ लाख ४७ हजार ९५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ५६८ जनाको भएको छ।वल्डोमिटर्सका अनुसार सोही अवधिमा रुसमा ७८५, ब्राजिलमा ४७३, भारतमा ४२० र अर्जेन्टिनामा २७३ जनाको मृत्यु भएको छ।

यस्तै विश्वमा कोरोना संक्रमण भएकामध्ये १८ करोड २३ हजार २९३ जना अर्थात ९०.२१ प्रतिशत निको भएका छन्।वल्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा १९ करोड ९५ लाख ५६ हजार १६२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।संक्रमितमध्ये ४२ लाख ४७ हजार ९६० जनाको मृत्यु भएको छ। अहिले विश्वमा उपचारत संक्रमितको संख्या १ करोड ५२ लाख ८४हजार ९०९ रहेको छ। यीमध्ये ९१ अजार ५७० जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति:     १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar