युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट जागेश्वर गौतम हटाइए

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट जागेश्वर गौतम हटाइए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा। जागेश्वर गौतमलाई हटाएको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो । यसैबीच स्वास्थ्य समन्वय शाखामा विवेकलाल कर्णलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar