कोरोनाले बन्द लाइसेन्सको ट्रायल आगामी साताबाट खुल्ने

कोरोनाले बन्द लाइसेन्सको ट्रायल आगामी साताबाट खुल्ने

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द गरिएको लाइसेन्सको ट्रायल आगामी साताबाट खुल्ने भएको छ। यसका लागि तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

मातहतका कार्यालयहरुसँग साउन २४ छलफल गरेपछि ट्रायल खुलाउने योजना रहेको छ । साउन पहिलो सातादेखि नै खोल्ने तयारी रहेपनि कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा हट्न बाँकी नै रहेकाले ट्रायल खुलाउन नसकिने यातायात कार्यालयहरुले जनाएपछि केही ढिला भएको हो ।

अनलाइन आवेदन दिएर करिब ५ लाख सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा छन्।

प्रकाशित मिति:     १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar