डेल्टा भेरियन्ट फैलिएपछि अस्ट्रेलियाको ब्रिस्बेनमा लकडाउन

डेल्टा भेरियन्ट फैलिएपछि अस्ट्रेलियाको ब्रिस्बेनमा लकडाउन

एजेन्सी। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि अस्ट्रेलियाका विभिन्न शहरहरुमा फेरि लकडाउन गरिएको छ। सिड्नीमा पाँच हप्तादेखि लकडाउन छ।

त्यहाँ थप एक महिना लकडाउन बढाएर संक्रमण नियन्त्रणका लागि सेना नै परिचालन गरिएको छ। शनिबारदेखि अस्ट्रेलियाको तेस्रो ठूलो शहर ब्रिस्बेनमा पनि लकडाउन गरिएको छ र अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति:     १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar