एनआरएनए चिलीको अध्यक्षका बलिया दाबेदार रामजी लामिछाने

एनआरएनए चिलीको अध्यक्षका बलिया दाबेदार रामजी लामिछाने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अमेरीका (चिली) को अध्यक्षमा रामजी लामिछानेले दाबेदारी प्रस्तुत गरेका छन् । नेपालको गोर्खामा जन्मेका लामिछाने विगत ७ बर्षअघि विद्यार्थी भिसामा आएर हाल स्थायी बसोबास गर्दै आएका छन् । उनले सबैलाई व्यवसायमा लाग्न प्रेरणा समेत दिदै आएका छन् ।

एनआरएनए चिली राज्य कार्यसमितीमा वर्ष २०२१–२३ का अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उनले चिलीमा रहेका धेरै नेपाली विद्यार्थीको समस्या समाधान गर्ने अठोट लिएका छन् । यसका साथै समाजसेवी र पारदर्शी एनआरएनए निर्माणमा आफूले काम गर्ने उनले बताएका छन् ।

सानै उमेरदेखि बिभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा संलग्न लामिछाने विदेशमा बसेर पनि स्वदेशको साथसाथै प्रवासी नेपालीलाई परेको बेला सेवा गर्न कहिल्यै पछि हटेका छैनन् । नेपालमा दिनदुखी, गरिब एवम् असहायहरुका लागि उनले तालिम, खानापान लगायतका स्वास्थ्य सेवामा समेत निकै ठूलो सहयोग गर्दै आएका छन् ।

सबैसँग सहजै घुलमिल हुने र परेका बेला निस्वार्थ भावनाले सेवा गर्ने लामिछाने चिलीका अधिकांश गैर आवासीय नेपालीहरुले समेत निकै रुचाएका पात्र हुन ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar