ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्।

यसअघि उनले ५० मिटरको स्विमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि १८औँ फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा १ मिनेट ६२ मिलिसेकन्डको कीर्तिमान कायम गरेकी थिइन्। सोही कीर्तिमान गौरिकाले यसपल्ट भंग गरेकी हुन्। हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गर्दा गौरिका तेस्रो स्थानमा रहेकी थिइन्।

प्रकाशित मिति:     १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar