जुकरबर्गको व्यक्तिगत सुरक्षामा २ करोड ३४ लाख डलर खर्च

जुकरबर्गको व्यक्तिगत सुरक्षामा २ करोड ३४ लाख डलर खर्च

काठमाडौं । बहुराष्ट्रिय कम्पनीहरुका मालिकको सुरक्षामा एक वर्षमा कति खर्च होला ? व्यावसायिक क्षेत्रमा चासो राख्नेका लागि यो महत्वपूर्ण कुरा हो। प्रोटोकल अनलाइनका अनुसार गत वर्ष ११ प्रविधिसम्बन्धी कम्पनीका प्रमुख कार्यकारीको व्यक्तिगत सुरक्षामा चार करोड ६० लाख अमेरिकी डलर खर्च भएको छ।

फेसबकका मालिक मार्क जुकरबर्गको बजेट सन् २०१९ मा भन्दा सन् २०२० मा बढेको छ। २०१९ मा दुई करोड चार लाख डलर खर्च भएकोमा २०२० मा बढेर दुई करोड ३४ लाख डलर पुगेको प्रोटोकलले समाचारमा उल्लेख गरेको छ। फेसबुकका मालिकको व्यक्तिगत सुरक्षामा खर्च भएको यो प्रविधि क्षेत्रकै ठूलो परिमाण हो। जुकरबर्गले वर्षेनी एक करोड अमेरिकी डलर सुरक्षा खर्च पाउँछन्। त्यसमा कम्पनीले उनको सुरक्षाको लागि थप एक करोड ३४ लाख डलर सन् २०२० मा खर्च गरेको हो।

उनीबाहेक फेसबकुकै शर्ल स्यान्डबर्गको पनि व्यक्तिगत सुरक्षामा गत वर्ष ७६ लाख डलर खर्च भएको छ। महामारीमा यी कम्पनीका धेरै कर्मचारीले घरलगायत पायक पर्ने ठाउँबाटै कार्यालयको काम गरेका थिए। त्यसका लागि पनि सुरक्षा खर्च भएको बताइएको छ। उदाहरणका लागि उबरले प्रमुख कार्यकारी दारा खोस्रोसाहीको ‘होम अफिस इम्प्रुभमेन्ट’मै एक लाख २० हजार डलर खर्चिएको थियो भने घरको लागि सुरक्षा विशेषज्ञ खटाएको थियो।

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar