४१ करोड ७८ लाखले लगाए भारतमा कोरोना खोप

४१ करोड ७८ लाखले लगाए भारतमा कोरोना खोप

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै सोही अवधिमा ५ सय ७ जनाको मृत्यु भएको छ। यसका साथ देशमा कोरोना भाइरसको कुल संक्रमितको संख्या तीन करोड १२ लाख भन्दै धेरै भएको छ भने ४ लाख १८ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ लाख ९ हजार ३ सय ९४ पुगेको छ। अहिलेमसम् भारतमा ४१ करोड ७८ लाख भन्दा बढीले भ्याक्सिन लगाएका छन्।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar