एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै यो रकम निकासा भइसकेको छ ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar