मेस्सीले बनाए इन्स्टाग्राममा कीर्तिमान

मेस्सीले बनाए इन्स्टाग्राममा कीर्तिमान

एजेन्सी।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक कीर्तिमान बनाएका छन्।हालैमात्र अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि दिलाएका थिए।

कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सीले इन्स्टाग्राममा कोपा उपाधिसँगै शेयर गरेको फोटो इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक पाउने खेलाडीको फोटो बनेको हो।मेस्सीको उक्त फोटोमा हालसम्म १९.९ मिलियन लाइक पाएको छ र अझै बढ्दैछ।अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि उचालेको थियो

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar