मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक

काठमाडौं । मिस नेपाल नर्थ अमेरिकाको लागि छनौटमा परेका अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । उक्त प्रतियोगिताको लागि ३० जना भन्दा बढीको निवेदन परेको थियो भने आगामी अगस्त ७ मा हुने अन्तिम प्रतियोगिताको लागि १९ जनालाई छनौट गरिएको आयोजकले जनाएका छन ।

आयोजक तथा संस्थापक शैलेश श्रेष्ठका अनुसार यस पटक उक्त कार्यक्रम टिबेटन कम्युनिटी सेन्टर (तिब्बती सामुदायिक केन्द्र) न्यूयोर्कमा हुने भएको जनाएका छ । अन्तिम छनौटमा पुगेका प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतिस्पर्धामा सहभागिता जनाएका छन् । अन्तिम छनौटमा पुग्ने प्रतियोगीहरुमा क्रमस जर्जियाबाट एलिना राई,न्यूयोर्कबाट एलिशा गुरुङ,नेभादाबाट चादनी राई,न्यूयोर्कबाट दिना केसी,न्युयोर्कबाट फिओना शेर्पा,न्यूयोर्कबाट गरिमा ज्ञवाली,न्यूयोर्कबाट जेन्नी रावत,न्यूयोर्कबाट मुना नेपाली,मेरिल्याण्डबाट नग्मा गुरुङ,न्यूयोर्कबाट निमिका थापा,न्यूयोर्कबाट पूजा खड्का,पेन्सेलभेनियाबाट रोशिका गजमेर,कोलोराडोबाट सेलिषा नेपाल,टेक्ससबाट सोनी हुमागाई ,न्यूयोर्कबाट सिर्जना लामा,टेक्ससबाट सुबेक्षा निरौला,क्यानडाबाट सुप्रिया फुयाल,टेक्ससबाट उर्जा केसी तथा न्यूयोर्कबाट याङ्गछेन लामा रहेका छन् ।

यही समारोहको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ तथा मनिता देवकोटाले सहभागिता जनाउने छन् । १९ जनालाई छनौट गर्ने जिम्मेवारी र प्रतियोगीहरुको अडिसन सन् २०११ की पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा सन् २०१० कि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले गरेका हुन् ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar