अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले अनिवार्य कोरोना खोप लगाएको हुनुपर्ने

अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले अनिवार्य कोरोना खोप लगाएको हुनुपर्ने

काठमाडौं । कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोना भाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्।

कतारले किन्न लागेको १० लाख डोज खोप फुटबल अधिकारी र खेलाडीलाई दिइने हो कि दर्शकलाई भन्नेबारे उनले खुलाएनन्। कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन्।

कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ। फिफा र कतार विश्वकप आयोजकले भने खोप अनिवार्य गर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति:     ७ असार २०७८, सोमबार  |    Himali Khabar