काठमाडौं । विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुलाई राख्न सरकारले पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल सूचीकृत गरेको छ । पर्यटन विभागले पर्यटक स्तरदेखि पाँचतारेसम्मका ७८ वटा होटलको सूची सार्वजनिक गर्दै क्वारेन्टिनस्थलको रूपमा प्रयोग गर्ने होटलको न्यूनतम मापदण्डसमेत तय गरेको छ ।
यस अघि भारतबाट आउने यात्रुलाई राख्न तय भएको ८ वटा होटलसहित थप ७० वटा होटल क्वारेन्टिनका लागि सूचीकृत भएको पर्यटन विभागले जानकारी दिएको छ ।
होटल र सम्पर्क नम्बरका लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।
https://www.tourismdepartment.gov.np/files/New%20Revised%20Qrt%20Htl%20DOT.pdf