काठमाडौं । नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।
डाक्टर थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजे समयमा निधन भएको हो। कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।
थापा एमालेको अर्थ तथा योजना विभाग सचिव थिए।