डीभी फारम खुल्दै, कसरी भर्ने ?

डीभी फारम खुल्दै, कसरी भर्ने ?

काठमाडौं । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ ।

अमेरिकी दूतावासका अनुसार बुधबार राति ९ः ४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् ।

डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

डिभीको आवेदन DV lottery.state.gov मा गएर फारम भर्नुपर्छ। आवेदनमा आफ्ना पतीरपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ। फारम भर्दा फोटो हालसालै खिचिएको हुनुपर्ने छ। अघिल्लो वर्षको आवेदनमा प्रयोग गरिएको फोटो यस वर्ष अयोग्य ठहरिने दुतावासले बताएको छ। त्यस्तै फारम भर्दा मिति ननाघेका पासपोर्टको विवरण पनि उल्लेख गर्नु पर्नेछ। सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ।

प्रकाशित मिति:     १६ आश्विन २०८१, बुधबार  |    Himali Khabar