न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२१को शृंखला खतिवडा

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२१को शृंखला खतिवडा

काठमाडौं । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२१ आगामी शनिबार आयोजना हुने भएको छ ।

गत वर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो । उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तीकरण गरिदै भन्ने राखिएको छ।

प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्ने छन् भने दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ राखिएको छ ।

विजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिजम बोर्डले २०२१-२०२२ को लागि विजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एसएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड २०१८ कि (पूर्व नेपाल सुन्दरी) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउनेछिन् ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar