व्यक्तिगत खर्चमा खेल खेल्दै आएका चितवनका तेक्वान्दो खेलाडीलाई सांसद परियारको साथ

व्यक्तिगत खर्चमा खेल खेल्दै आएका चितवनका तेक्वान्दो खेलाडीलाई सांसद परियारको साथ

काठमाडौं । व्यक्तिगत खर्चमा खेल खेल्दै आएका चितवनका तेक्वान्दो खेलाडी मलेसियामा हुने इन्टरनेशनल तेक्वान्दो च्याम्पियन सिपमा भाग लिन १३ सदस्य टोली मलेसिया प्रस्थान गरेका छन् । बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाका भरतपुर, टाँडी र पर्साका खेलाडीहरुलाई संघीय संसद अन्तर्गत चितवनबाटै प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य माननीय शान्त्ति परियार विकले केही सहयोग गरी बिदाई गर्नुभयो ।

सांसद परियार खलाडीहरुलाई सफलताको शुभकामना दिनुभयो । साथै आफ्नै लगानीबाट खेल खेल्दै आएको र आफैले लगानी गरेर मलेसियामा इन्टरनेश्नल खेल खेल्न जान लागेको थाहा हुँदा आफूलाई दुख लागेको बताउनुभयो । देशको इज्जत र प्रतिष्ठासँग जोडिएका खेलाडीहरुलाई राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो । यसका साथै उहाँले नवगठित सरकारमा कांग्रेस पनि सहभागि रहेको र अझ विभागीय मन्त्रालय युवा तथा खेलकुद कांग्रेसको भागमा परेकाले खेलाडीहरुको यो गुनासो मन्त्री, राष्ट्रिय खेलकुद परिषद् र संसदमा समेत जबरजस्त उठाउने आश्वासन दिनुभयो ।

एक प्रसंगमा उहाँले विदाई मात्र होइन, खेल खेलेर स्वदेश फर्कदा एयरपोर्टमा स्वागत गर्न पनि आफू आउने भन्दै हौसला प्रदान गर्नुभयो ।

टिम लिडर तथा प्रशिक्षक रोशन खानले भने ‘अहिलेसम्म राज्यका कुनै पनि निकायबाट सहयोग नगरेका भएता पनि चितवनको जनप्रतिनिधिको हैसियतामा तपाईले दिनुभएको साथ र सहयोगले राज्यबाट नै सहयोग पाएजस्तै अनुभूति गरेको र यसले आफ्नो सम्पूर्ण टिमलाई थप उत्साह जगाएको छ ।’

खेल साउन ५ देखि ७ गतेसम्म मलेसियामा हुँदैछ ।

प्रकाशित मिति:     ४ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar