स्टार हस्पिटलमा रक्त संचार सेवा केन्द्र संचालनमा

स्टार हस्पिटलमा रक्त संचार सेवा केन्द्र संचालनमा

काठमाडौं । स्टार हस्पिटलले आफ्नो हाता भित्र रक्त संचार सेवा केन्द्र स्थापना गरी संचालनमा ल्याएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले एक कार्यक्रमकाबीच सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

रक्त संचार केन्द्रले केही दिन अघि देखि नै रगत संकलन तथा रगतजन्य तत्वहरु विरामीलाई उपलब्ध गराउँदै आएको भएपनि औपचारिक रुपमा शुक्रबारदेखि सेवा सुरु गरिएको हो । केन्द्रमा दैनिक ३ सय युनिट रगत संकलन तथा भण्डारण गर्न सक्ने क्षमता रहेको छ ।

चौबिसै घण्टा संचालन हुने केन्द्रले सरकारी एव्म गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरेर रगत संकलन कार्य गर्दै आएको अध्यक्ष किशोर महर्जनले जानकारी दिनुभयो ।

अहिले नै केन्द्रले ३४ भन्दा बढी अस्पताललाई रगत तथा रगतजन्य तत्वहरु उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा मन्त्री यादवले अस्पतालहरुको सेवा तथा गुणस्तरमा आफू लागेको बताउनुभयो ।

प्रकाशित मिति:     १५ असार २०८१, शुक्रबार  |    Himali Khabar