बंगलादेशसँग नेपाल २१ रनले पराजित 

बंगलादेशसँग नेपाल २१ रनले पराजित  

काठमाडौं । आइसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । 

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । 

प्रकाशित मिति:     ४ असार २०८१, सोमबार  |    Himali Khabar