राधेको पाइरेसी गर्नेविरुद्ध सलमानले हाले मुम्बई प्रहरीमा उजुरी

राधेको पाइरेसी गर्नेविरुद्ध सलमानले हाले मुम्बई प्रहरीमा उजुरी

एजेन्सी। बलिउड स्टार सलमान खानले आफ्नो नयाँ फिल्म ‘राधे’को पाइरेसी गर्नेविरुद्ध मुम्बईको साइबर प्रहरी स्टेशनमा उजुरी गरेका छन्। सलमानले एकदिन पहिले पाइरेसी गर्नेहरुलाई चेतावनीसमेत दिएका थिए।

खानको नयाँ फिल्म राधे विश्वभरका हलहरु तथा ओटीटी–डीटीएचमा ‘पे पर भ्यु’ सर्भिसअनुसार १३ मेमा रिलिज भएको थियो। फिल्म रिलिज भएको केही समयपछि नै यसको पाईरेटेड भर्जन इन्टरनेटमा लिक भएको थियो।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar